बलिउड/हलिउड

यसकारण करणसँग रिसाइन् सारा

By खबरहब

July 10, 2022

मुम्बई- बलिउडका लोकप्रिय निर्माता करण जोहरको शो ‘कफी विथ करण ७’ पछिल्ला दिनमा चर्चामा छन् । गत बिहीबार यो शो ओटीटी प्लेटफर्ममा स्ट्रिम भएको थियो ।

ओटीटीमा आउनुअघि यो शोमा आएका अतिथीहरुको सर्ट क्लिप ट्रेलरका रूपमा देखाइएको थियो । शोमा सारा अली खान र कात्तिक आर्यनलाई पनि देखिएपछि दर्शकले उनीहरुको सम्बन्धका बारेमा अड्कलबाजी गरेका थिए । यही बीचमा करणले सारा र कात्तिक प्रेम सम्बन्धमा रहेको बताएका थिए ।

तर, यो भनाई अहिले करणकै लागि महँगो साबित भएको छ । करणको व्यवहारप्रति सारा खुसी छैनन् । ‘सारा आफ्नो व्यक्तिगत जीवनसँग जोडिएका कुरालाई सार्वजनिक रूपमा कसैले भनिदिँदा रिसाएकी छिन् । अर्थात् उनी करणसँग सन्तुष्ट छैनन् । सारा आफ्नो करियरको ग्राफका बारेमा मात्र दर्शकले थाहा पाउन भन्ने चाहन्छिन् ।

 सारा बलिउडमा पहिचान बनाउन सङ्घर्षरत छिन् । यही बेला उनको जीवनसँग जोडिएका कुरा आउँदा उनी रिसाएकी छन्’, सारा निकट स्रोतले भनेको छ । उनी मानिसहरू आफ्नो फिल्मको बारेमा मात्र कुरा गरुन् भन्ने चाहिन्छन् ।