मनोरञ्जन

रेखा लेख्छिन्,’हल्लाले उपाधि पाइँदैन’

By खबरहब

July 10, 2022

काठमाडौँ- नेपाली राजनीतिमा समेत सक्रिय रहेकी अभिनेत्री रेखा थापाले नायकत्वको विषयमा आफ्नो धारणा राखेकी छिन् ।

राजनीतिमा सक्रियता बढे देखि नै राजनीतिक घटनाक्रम र प्रवृत्तिमाथि उनी बेलाबेलामा दृष्टिकोण पेस गरिरहेकी हुन्छिन् । यस पटक उनले नायकत्वको विषयमा आफ्नो प्रतिक्रिया दिएकी हुन् । चाँडै विश्वास गरेर नायक बनाउने र पछि पछुताउने राजनीति र फिल्मको प्रवृत्तिमाथि रेखाले व्यङ्ग्य गरेकी छन् ।

उनको यो धारणा पछिल्लो समय विकसित घटनाक्रमलाई लक्षित हुन् सक्छ । ‘नायक हल्लाले पाउने उपाधि होइन । अनवरत रूपमा मान्छेको मस्तिष्कभित्र छाड्ने असम्भव सफलताको छाप हो । चाहे त्यो राजनीति होस्, चाहे फिल्म, चाहे खेल’ उनले लेखेकी छिन् । उनले हल्लाकै भरमा कसैलाई देवत्वकरण गर्दा त्यसले निराश बनाउने आशय व्यक्त गरेकी हुन् ।