अपराध

पर्साबाट १४४ किलो गाँजा बरामद

By खबरहब

August 10, 2022

काठमाडौँ- सशस्त्र प्रहरीले पर्साबाट १४४  किलो गाँजा बरामद गरेकाे छ । पर्साकाे वीरगञ्ज महानगरपालिका २४ ड्राईपोर्ट परवानीपुर सडक खण्डस्थित बहुअरी चोकबाट हिजो राति प्रहरीले करिब १ सय ४४  किलो गाँजा बरामद गरेको छ । 

सो ठाउँमा रोकी राखेको यूपी ७५ एम ४०८९ नम्बरको भारतीय ट्रकबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको गस्ती टोलीले उल्लेखित गाँजा बरामद गरेको हो । सशस्त्र प्रहरीले सो गाडीमा शंका लागि जाँच गर्दा हुटमा लुकाई छिपाई राखेको अवस्थामा उक्त परिमाणको गाँजाको १० वटा प्याकेट फेला  पारेको हो । गाँजासहित उक्त ट्रक नियन्त्रणमा लिइएको हाे ।

बरामद गाँजा र ट्रक जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको प्रहरीले जनाएको छ  ।