तस्वीर- एएनआई

अन्तर्राष्ट्रिय

भारतमा प्रशिक्षण लिएर २५ अफगान सैनिक स्वदेश फिर्ता

By खबरहब

August 10, 2022

काठमाडौँ– भारतमा तालिम लिएका अफगानिस्तानका सैनिकहरुलाई राजधानी काबुलमा स्वागत गरिएको छ ।

भारतको उत्तराखण्ड राज्यको देहरादुनस्थित भारतीय सैनिक विद्यालयमा प्रशिक्षण लिएका २५ जना अफगान सैनिक स्वदेश फर्केका हुन् ।

उनीहरुलाई राजधानी काबुलको विमानस्थलमा स्वागत गरिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

गत वर्षको अगस्ट महिनामा तालिबानले शासन आफ्नो हातमा लिनुअघि ती अफगान सैनिक प्रशिक्षणका लागि भारत पुगेका थिए ।

मुलुकको सुरक्षालाई मजबुत बनाउन तालिबानले भारतमा प्रशिक्षण लिएका सैनिकहरुको तैनाथी गर्ने स्रोतलाई उद्धृत गर्दै एएनआईले जनाएको छ ।

यद्यपि तालिबानले शासन हातमा लिएसँगै अफगानिस्तानमा राष्ट्रिय सेनाको अस्तित्व नरहेकाले भविष्यमा यस्ता प्रशिक्षण कार्यक्रमको सम्भावना भने न्यून रहेको जनाइएको छ ।