फाइल फोटो

राजनीति

राहत र उद्धारलाई प्राथमिकता दिन प्रवक्ता महतको आग्रह

By खबरहब

August 10, 2022

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अविरल वर्षाका कारण क्षति बेहोरेका नागरिकलाई राहत उपलब्ध गराउन तथा उनीहरुको उद्धार गर्न आग्रह गरेका छन् ।

प्रवक्ता महतले आज एक विज्ञप्ति जारी गरी अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट काठमाडौँ, नुवाकोट, रसुवालगायतका जिल्लामा ठूलो क्षति पु¥याएको भन्दै राहत र उद्धारमा ध्यान दिन सरकारलाई आग्रह गरेका हुन् । ‘गए राति परेको अविरल वर्षाका कारण काठमाडौँ, नुवाकोटका विभिन्न क्षेत्र र रसुवामा समेत ठूलो क्षति पुगेको छ, बाढीपहिरोले पु¥याएको क्षतिको उद्धार र राहत कार्यमा लाग्न म सबैलाई हार्दिक अनुरोध गर्दछु’, उनले भने ।

जोखिमयुक्त क्षेत्रमा रहेका सम्पूर्ण नागरिकलाई उच्च सतर्कता अपनाउन उनले आग्रह गरेका छन् । प्रवक्ता महतले प्राकृतिक विपद्को घडीमा मानवीय तथा भौतिक क्षति रोक्दै बस्ती संरक्षणमा लाग्न, यथाशीघ्र उद्धार र राहतमा सरिक हुन सबैलाई अनुरोधसमेत गरेका छन् ।