क्रिकेट

तेस्रो एकदिवसीयमा जिम्बावेविरुद्ध बङ्गलादेशको सानदार जित

By खबरहब

August 10, 2022

काठमाडौं । जिम्बावेविरुद्ध तेस्रो तथा अन्तिम एकदिवसीयमा बंगलादेशले सानदार जित निकालेको छ । हरारेमा बुधबार भएको खेलमा बंगलादेशले घरेलु टोलीलाई १ सय ५ रनले हराएको हो ।

यस जितसँगै बंगलादेशले तीन खेलको सिरिज क्लिन स्विप हुनबाट जोगाएको छ। सिरिज जिम्बावेले २–१ ले जितेको छ।

बंगलादेशले दिएको २ सय ५७ रनको लक्ष्य पछ्याएको जिम्बावे ३२ ओभर २ बलमा अलआउट हुँदै १ सय ५१ रनमा समेटियो । जिम्बावेका रिचार्डले अविजित रहदै सर्वाधिक ३४ रन बनाए । भिक्टरले २६ तथा क्लिभले २४ रन बनाए ।

बंगलादेशका लागि मुस्ताफिजुर रहमानले ४ तथा ताइजुल इस्लाम र एबाडोट होसेनले २/२ विकेट लिए ।

यसअघि ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५६ रन जोडेको थियो ।बंगलादेशका अफिफ होसेनले अविजित रहदै ८५ रनको अर्धशतकीय इनिङ खेले ।

अनामुल हकले ७६ रनको अर्धशतकीय इनिङ खेल्दा महमुदउल्लाहले ३९ रन जोडे । जिम्बावेका ब्राड इभान्स र लुक जोन्वीले २/२ विकेट लिए ।