देश/प्रदेश

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

By खबरहब

September 10, 2022

खजुरा– पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाँके जिल्लाको राप्तीसोनारी-९ ढकेरीस्थित झिंझरी पुलमा शुक्रबार साँझ बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । पूर्वतर्फ जाँदै गरेको भे १ ख १९२५ नंको बस र अगैयाबाट कोहलपुरतर्फ जाँदै गरेको भे ७ प ५४५० नंको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक खड्गविक्रम श्रेष्ठको मृत्यु भएको छ । 

मोटरसाइकल चालक राप्तीसोनारी-३ भवनीयापुर निवासी श्रेष्ठको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । 

प्रहरीका अनुसार दुर्घटनामा मोटसाइकलमा सवार अर्का सावित्रा थारू गम्भीर घाइते भएका छन् । उनको अस्पतालमा उपचार भइरहेको छ ।