सांकेतिक तस्वीर

देश/प्रदेश

बाढीले बगाउँदा एकको मृत्यु

By खबरहब

September 10, 2022

महेन्द्रनगर– बाढीले बगाउँदा कञ्चनपुरको दोधारा चाँदनीमा आज एक जनाको मृत्यु भएको छ । 

जोगबुढा नदीमा आएको बाढीले दोधारा चाँदनी–३ बडुवाल टोलका ५३ वर्षीय रन्दलाल वादी रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ । वादीलाई दाउरा संकलन गर्ने क्रममा बाढीले बगाएको हो । उनको शव प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको प्रहरीले जनाएको छ ।