राजनीति

स्वास्थ्य मन्त्रीका सल्लाहकारको स्वतन्त्र उम्मेदवारी

By खबरहब

October 10, 2022

तेह्रथुम– आसन्न हुन मंसिर ४ गते हुने निर्वाचनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङका स्वास्थ्य सल्लाहकार डा. खगेन्द्र कटुवालले स्वतन्त्र उम्मेदवारी दिएका छन । तेह्रथुम जिल्लाको निर्वाचन क्षेत्र (क) प्रदेशसभाका लागि आइतबार निर्वाचन कार्यालय तेह्रथुममा पुगेर उम्मेदवारी दिएका हुन । २०७९ को स्थानीय निर्वाचनमा छथर गाउँपालिका ५ बाट वडा सदस्यमा निर्वाचित भएका कटुवालले मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचन उम्मेदवारी दिएका हुन ।

मन्त्रीको स्वास्थ्य सल्लाहकार र वडा सदस्य पद आइतबार नै राजिनामा गरी उम्मेदवारी दिएको कटुवालले बताए । उनी भन्छन् ’राजनीति पार्टीबाट मात्रै जनताको भावना अनुसार काम नभई रहेकोले विकल्पको स्वतन्त्र उम्मेदवारी दिएको हुँ । जनताको माझ गएर जनता कै हितमा काम गर्ने अठोटका साथ मेरो उम्मेदवारी हो । आशा छ मेरो स्वतन्त्र उम्मेदवारीमा जनताले साथ दिनु हुने छ ।‘

एक मात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुममा प्रतिनिधि सभाका लागि १० र प्रदेशसभाका लागी १८ जना गरी २८ जनाले मनोनयन दर्ता गरेको जिल्ला निर्वाचन कार्यालय तेह्रथुमले जनाएको छ । यो सँगै तेह्रथुममा ३ पदका लागी २८ जनाले उम्मेदवारी दिएका छन । २ नगरपालिका ४ गाउँपालिका रहेको तेह्रथुममा ४३ वटा घडाहरू रहेको छन । जिल्ला निर्वाचन कार्यालयका अनुसार ३५ हजार १ सय ३९ महिला ३६ हजार ७ सय ९४ रहेका छन्।