क्रिकेट

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा आजदेखि सेमिफाइनलका खेल

By खबरहब

November 10, 2022

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा आजदेखि सेमिफाइनलका खेल हुँदैछन् ।

पहिलो सेमिफाइनलमा बिहीबार सशस्त्र प्रहरीको एपीएफ क्लब र मधेश प्रदेश खेल्नेछन् । यो खेल बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ ।

नेपाल पुलिस क्लब तथा त्रिभुवन आर्मीबीचको दोस्रो सेमिफाइनल कात्तिक २५ गते त्रिवि मैदानमै हुनेछ । प्रतियोगिताको फाइनल कात्तिक २६ गते शनिबार हुनेछ ।

प्रतियोगिताको विजेताले १० लाख नगद पुरस्कार पाउने छन्। यस्तै उपविजेताले ५ लाख र सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार पाउने छन् ।