समाचार

विश्वमा आज : चीन विश्व व्यापार संगठनको सदस्यदेखि अमेरिकी समुद्री सेनाको स्थापनासम्म

By खबरहब

November 10, 2022

काठमाडौँ – आज १० नोभेम्बर । प्रस्तुत छ आज इतिहासमा भएका केही महत्त्वपूर्ण विश्व घटना :

विलमिङटन नरसंहार अमेरिकामा सन् १८९८ मा एउटा नरसंहार मच्चिएको थियो । निर्वाचनमार्फत द्विजातीय सहर परिषद्को स्थापनापछि नरसंहार भएको थियो । परिषद् स्थापनाको विरोधमा अश्वेतहरुले परिषद् भवन भत्काउनुका साथै  प्रशस्त सम्पत्ति तोडफोड गरेका थिए । गोराले दर्जनौ अश्वेतहरुको हत्या गरेका थिए  ।

अमेरिकी समुद्री सेनाको स्थापना अमेरिकी क्रान्तिकारी युद्धको समयमा सन् १७७५ मा अमेरिकाले समुद्र र वायुमा पनि सञ्चालन हुने सैन्य फौज स्थापना गरेको थियो ।

बोलिभियाली नेताको राजीनामा बोलिभियाका नेता तथा पहिलो आदिवासी राष्ट्रपति इभो मोरल्सले सन् २०१९ को १० नोभेम्बरमा राजीनामा दिएका थिए । चौथो कार्यकालका लागि निर्वाचित भएका इभोमाथि  निर्वाचनमा धाँधली गरेको आरोप लागेको थियो ।

चीन विश्व व्यापार संगठनको सदस्य आजकै दिन चीन विश्व व्यापार संगठनको सदस्य भएको थियो । १५ वर्षको छलफलपछि सन् २००१ को नोभेम्बरमा  चीनको सदस्यता अनुमोदन भएको थियो । त्यसको भोलिपल्ट ताइवानको सदस्यता स्वीकृत भएको थियो ।