फाइल फोटो

राजनीति

चुनावपछि पनि गठबन्धनकै सरकार : महासचिव गुरुङ

By खबरहब

November 10, 2022

लमजुङ– नेकपा (माओवादी केन्द्र)का महासचिव एवं लमजुङ प्रतिनिधिसभा सदस्य उम्मेदवार देवप्रसाद गुरुङले चुनावपछि पनि गठबन्धनकै सरकार बन्ने दाबी गरेका छन् । लमजुङ दूधपोखरी गाउँपालिका-६ गौँडामा आयोजित चुनावी सभालाई आज सम्बोधन गर्दै उनले मुलुकको आवश्यकता र  विकासका लागि गठबन्धनको सरकारले निरन्तरता पाउनुपर्ने बताए । 

प्रतिगामीलाई परास्त गर्दै विकासका लागि गठबन्धनले जित्नुपर्ने उनको भनाइ छ । ‘प्रदेशदेखि सङ्घसम्मै गठबन्धनकै सरकार कायम रहन्छ । कुनै शंका नगरी गठबन्धनलाई सबैले सहयोग गर्नुपर्छ’, उनले भने। 

खानेपानी, सडक, यातायात, रोजगार लगायतका समस्या समाधानका लागि आफू जनतासँगै साथमा रहने बताएका छन् ।  लमजुङका जनता र जिल्लाको विकासका लागि आफू मनाङदेखि आएको बताए ।