सांकेतिक तस्बिर

समाचार

कपडा पसलमा आगलागी

By खबरहब

December 10, 2022

धनुषा – जनकपुरधामको जनकचोकस्थित शिवानी रेडिमेड पसलमा आगलागी हुँदा करिब रु २० लाखको क्षति भएको छ ।

स्थानीय बजरङ्ग चौधरीले सञ्चालन गरेको सो पसलमा शुक्रबार राति करिब ११ बजे विद्युत् सर्ट भएर आगलागी हुँदा कपडा र रेडिमेट सामानसहित करिब रु २० लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पसलमा बिजुलीको कारण आगलागी भएको हुनसक्ने पसलका सञ्चालक चौधरीले बताए । प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।