फाइल फोटो

राजनीति

समानुपातिक सांसद टुंग्याउन कांग्रेसको पदाधिकारी बैठक जारी

By खबरहब

December 10, 2022

काठमाडौँ– प्रतिनिधिसभाका लागि समानुपातिक सांसद टुंग्याउन नेपाली कांग्रेसको पदाधिकारी बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । यसअघि पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकमा सहमति नजुटे पछि पदाधिकारी बैठकमा सहमति खोज्न थालिएको हो । 

यद्यपि पार्टी प्रवक्ता प्रकाशशरण महतले कार्यसम्पादन समितिले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई म्यान्डेट दिइसकेको दाबी गरेका छन् ।