देश/प्रदेश

डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन बेपत्ता

By खबरहब

December 10, 2022

मान्म– कालीकोटमा डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । दुर्घटनामा परी तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ । 

कालीकोट जिल्लाको  सान्नी त्रिवेणी गाउँपालिका–१ अँधेरीखोला भीरमा डोजर दुर्घटना भएको हो । फुकोट कर्णाली जलविद्युत् आयोजनाको निर्माणाधीन सुरुङभित्रको पानीको अवस्था जाँच गरी फर्कने क्रममा डोजर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक (डिएसपी) जयश्वर रिमालले जानकारी दिए ।

‘डोजरमा आठ जना सवार रहेकामा दुई जनाको मृत्यु भएको छ भने तीन जना कर्णाली नदीमा बेपत्ता भएका छन्’, उनले भने, ‘दुर्घटनामा तीन जना घाइते भएका छन् ।’ मृत्यु हुनेमा सान्नी त्रिवेणी गाउँपालिका त्रिवेणी गाउँपालिका-१ का ३० वर्षीया चरित्र सार्की, १६ वर्षीय युवराज बूढा छन् । प्रहरी कार्यालयका अनुसार चालक चालक अछामका कमल सोडारी, सान्नी त्रिवेणी गाउँपालिका-१ का १९ वर्षीय उमेश गिरी र १४ वर्षीय रक्तिम कार्की बेपत्ता डीएसपी रिमालले जानकारी दिए । 

त्यसैगरी घाइते हुनेमा रास्कोट नगरपालिका-७ का २२ वर्षीय मिलन शाही, खाँडाचक्र नगरपालिका-११ बराँतुगाउँका १४ वर्षीय आशिष भारती र विकास भारती छन् । घाइतेहरूको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।