ब्रेकिङ स्टोरी

माओवादीद्वारा १४ समानुपातिक सांसदको नाम आयोगमा पेस

By खबरहब

December 10, 2022

काठमाडौं– नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फ विभिन्न क्लस्टरबाट १४ सांसदको नाम निर्वाचन आयोगमा पेस गरेको छ । जसअनुसार खसआर्य पुरुषमा हितराज पाण्डे, महिलातर्फ विमला सुवेदी, ज्ञानु बस्नेत सुवेदी र नारायणी शर्मा सिफारिस भएका छन् ।

यस्तै आदिवासी जनाजति महिलामा दुर्गा राई, मिना तामाङ, उर्मिला माझी पौडेल र छिरिङ ल्यामु लामा तामाङको नाम आयोगमा बुझाइएको सूचीमा उल्लेख छ ।

मधेसी महिला मिना यादव र उमरावती देवी यादव, दलित पुरुषमा रणेन्द्र बराली, महिलातर्फ सुशीला श्रीपाली ठकुरी छन् भने थारू महिलातर्फ रुपा सोसी चौधरीको नाम आयोगमा पठाइएको छ । 

मुस्लिम महिलातर्फ कल्पना मियाँको नाम पठाइएको छ ।