फाइल फोटो

राजनीति

यी हुन् एमालेका कर्णाली प्रदेश सभा समानुपातिक सांसद

By खबरहब

December 10, 2022

सुर्खेत– नेकपा एमालेको आज बसेको बैठकले कर्णाली प्रदेशबाट समानुपातिकतर्फ पाँच जना प्रदेशसभा सदस्यको टुंगो लगाएको छ ।

नेकपा एमालेको आजको बैठकले निर्वाचन आयोगलाई बुझाएको सूची अनुसार हुम्लाका कलबहादुर हमाल यस्तै, जनजातिबाट सुर्खेतकी नन्दा गुरुङ्ग, दलित महिलाबाट दैलेखकी गमता बिक, खस आर्यतर्फबाट कालिकोटकी दक्षिणा शाही र रुकुम पश्चिमकी तुलसा मल्ल छानिएका छन् । 

एमालेले प्रत्यक्षतर्फका २४ सिट मध्ये कर्णालीमा पाँच सिट जितेको छ । एमाले कर्णालीमा दश सिट सहित तेस्रो दल बनेको हो । १४ सिट सहित कांग्रेस पहिलो, १३ सिटसहित माओवादी दोस्रो बनेका छन् । राप्रपा र नेकपा एसको भागमा एक एक सिट परेको छ ।