फाइल तस्वीर

ब्रेकिङ स्टोरी

रास्वपाद्वारा समानुपातिक सांसदको सूची आयोगमा पेश

By खबरहब

December 10, 2022

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा समानुपातिक सांसदको सूची बुझाएको छ । रास्वपाले शनिबार विभिन्न क्लष्टरबाट १३ सांसदको सूची बुझाएको हो ।

पार्टी सभापति रवि  लामिछानेको सभापतित्वमा शनिबार बसेको केन्द्रीय समिति बैठकले समानुपातिक सांसद छनोट गरेकोमा दलित महिला नपरेपछि विरोध भएको छ । स्वतन्त्र पार्टीले दलितबाट दुई जना पुरुष पठाएको छ । जसमा सन्तोष परियार र शिव नेपाली रहेको पार्टी प्रवक्ता डा. मुकुल ढकालले बताए ।

दलितबाट दुवै जना पुरुष पठाएपछि महिलातर्फ उम्मेदवार रहेकी कल्पना रोक्काले विरोध जनाएकी हुन्। उनले यसका विरुद्ध पार्टी र निर्वाचन आयोगमा उजुरी दिने बताएकी छन् ।