राजनीति

जनमत पार्टीले बुझायो समानुपातिक सांसदको नाम

By खबरहब

December 10, 2022

काठमाडौँ– जनमत पार्टीले समानुपातिक सदस्यको नाम निर्वाचन आयोगमा बुझाएको छ । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ एक सिट जितेको पार्टीले समानुपातिकतर्फ पाँच सिट प्राप्त गरेको थियो । पार्टीले प्रतिनिधिसभा समानुपातिक सदस्यमा अनिता साह र वसन्तकुमार कुशवाहा (मेधशी), सोनु मुर्मर र बिनिताकुमारी सिंह (आदिवासी जनजाति), अब्दुल खान (मुस्लिम) र गोमा लामा सापकोटा (खस आर्य) लाई सिफारिस गरेको छ । 

त्यसैगरी प्रदेशसभाको समानुपातिक सदस्यमा मधेस प्रदेशमा बबिता राउत र अनिताकुमारी साह (मधेशी महिला), चन्दनकुमार सिंह (मधेशी अल्पसंख्यक), रञ्जुकुमारी खंग (खत्वे) (दलित महिला), वशन्तकुमार कुशवाहा (मधेशी), हसिना खातुन (मुस्लिम महिला) र भाग्यश्री कुमारी चौधरी आदिवासी जनजाति महिला सिफारिस गरिएको पार्टीका उपत्यका इन्चार्ज हरेन्द्र चौधरीले जानकारी दिए ।

पार्टीले लुम्बिनी प्रदेशमा समानुपातिक सदस्यमा सुमन शर्मा रायमाझी र आदिवासीतर्फ गिता गुरुङलाई सिफारिस गरेको छ । जनमत पार्टीले प्रत्यक्षतर्फ प्रतिनिधिसभामा एक सिट र प्रदेशसभामा मधेस प्रदेशमा छ र लुम्बिनीमा एक गरी सात प्रदेशसभा सदस्य जितेको थियो ।