फाइल फोटो

समाचार

प्रदेश १ र २ लगायतका क्षेत्रमा मौसम बदली

By खबरहब

January 11, 2022

काठमाडौँ – पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज (मंगलबार) बिहान प्रदेश १ र २ लगायतका क्षेत्रमा बदली भइरहेको छ ।

दिउँसो देशभर आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाकाअनुसार सुदूरपश्चिम, कर्णाली तथा प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको पनि आँकलन गरिएको छ ।

राति प्रदेश १, बाग्मती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ ।

भोलि बुधबार प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुनेछ ।