राजनीति

नेकपा एमालेको कैलाली अध्यक्षमा रतन थापा निर्वाचित

By खबरहब

January 11, 2022

धनगढी – नेकपा (एमाले) कैलाली जिल्ला अध्यक्षमा रतन थापा झिनो मतकासाथ विजयी भएका छन् । थापाले प्रत्यासी रणबहादुर चन्दलाई ४ मतले पराजित गरेका हुन्। आठौं अधिवेशन अन्तर्गत भएको चुनावमा थापाले २ सय ८७ मत पाउँदा चन्दले २ सय ८३ मत ल्याएका थिए ।

उपाध्यक्षमा सीताराम बुढाथोकीलाई पराजित गर्दै जो दुर्गा जोशी विजयी भएका छन् । जोशीले ३ सय २७ मत पाए भने बुढाथोकीले २ सय ९ मत पाएका हुन् ।

सचिवमा डेजी पाण्डे २ सय ९४ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी दानबहादुर विक २ सय ६० मत ल्याएर पराजित भए।

उपसचिवमा ममता चौधरी र लोकेन्दबहादुर शाही विजयी भएका छन् ।

उपाध्यक्ष र सचिवमा विजयी भएका जोशी र पाण्डे दुबै चन्द प्यानलका उममेदवार हुन् ।