समाचार

प्रेस चौतारी काठमाडौँको अधिवेशन आज हुँदै

By खबरहब

January 11, 2022

काठमाडौँ – नेकपा (एमाले)निकट प्रेस चौतारी नेपाल काठमाडौँको जिल्ला अधिवेशन आज (मंगलबार) सुरु हुँदैछ ।

बिहान १० बजे बागबजारमा आयोजना गरिएको अधिवेशनको उद्घाटन एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले गर्ने कार्यक्रम छ ।

अधिवेशनमा एमाले नेताहरु राजन भट्टराई, बिष्णु रिजाल र काठमाडौँ जिल्ला अध्यक्ष दिपक निरौलासमेत सहभागी हुने बताइएको छ।