मनोरञ्जन

च्यारिटीका लागि सगरमाथा आरोहणमा अभिनेत्री दिया

By खबरहब

January 11, 2022

काठमाडौं– नेपाली फिल्म ‘वीरविक्रम’बाट नेपाली रजतपटमा पाइला चालेकी अभिनेत्री दिया पुनले सगरमाथा आरोहण गर्ने भएकी छन् । उनले यसअघि ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल चढिसकेकी छन् ।

बेलायतको कोलचेष्टर अस्पतालमा नर्सका रुपमा कार्यरत रहँदा दियाले त्यहाँका सहकर्मीको मानसिक स्वास्थ्यलाई नजिकबाट नियालेकी थिइन् । निजी खर्चमा सगरमाथा आरोहण गर्न लागेकी उनले नर्सहरुको मानसिक स्वास्थ्यमा सहयोग पुर्‍याउनका लागि आरोहण गर्न लागेको बताइन् ।

उनले सगरमाथा आरोहणमार्फत तीनवटा च्यारिटीका लागि सहयोग संकलन गर्ने भएकी छिन् । जसमा बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) च्यारिटी टुगेदर, उनी कार्यरत कोलचेष्टर अस्पताल च्यारिटी र नेपालमा रहेको चिल्ड्रेन एण्ड युथ फस्ट रहेका छन् ।

दिया अभिनित फिल्म ‘मन्त्र’ यही माघ २८ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।