समाचार

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

By खबरहब

January 11, 2022

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै ६३६ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण : ०–१० वर्ष – ४० ११–२० वर्ष –१७५ २१–३० वर्ष – ६३६ ३१–४० वर्ष – ४९९ ४१–५० वर्ष – २८६ ५१–६० वर्ष – १९५ ६१–७० वर्ष –९७ ७१–८० वर्ष – ३६ ८० वर्षभन्दा माथि– १३ अज्ञात– ४