समाचार

माधवकुमार नेपाल कोरोना संक्रमित

By खबरहब

January 11, 2022

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कोरोना संक्रमित भएका छन् । उनको मंगलबार गरिएको पीसीआर रिपोर्टमा कोरोना संक्रमण भएको पुष्टि भएको उनको सचिवालयले जनाएको छ । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै आइसोलेशनमा रहेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कोराना संक्रमित भएपछि अध्यक्ष नेपाल कन्ट्याक्ट ट्रेसिङमा परेका थिए ।