फाइल फोटो

सुरक्षा

भारतमा उपचार गराएर फर्किए प्रधानसेनापति शर्मा

By खबरहब

January 11, 2022

काठमाडौँ– नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा स्वास्थ्य उपचार पश्चात स्वदेश फर्किएका छन् ।

मन्त्रिपरिषद्‌ले बिदा स्वीकृत गरेपछि प्रधानसेनापति शर्मा उपचारका लागि पुस १८ गते भारतको दिल्ली गएका थिए ।

भारतमा उपचारपछि मंगलबार स्वदेश फर्किएका शर्माले मंगलबारदेखि नै प्रधानसेनापतिको कार्यभार सम्हालेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

शर्माको अनुपस्थितिमा बलाधिकृत रथी बालकृष्ण कार्कीले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका थिए ।