देश/प्रदेश

राष्ट्रिय एकता अभियानद्वारा चिनियाँ राजदूत यान्छीको पुतला दहन

By खबरहब

January 11, 2022

काठमाडौँ– राष्ट्रिय एकता अभियानले ‘चिनियाँ हस्तक्षेपविरूद्ध’ प्रदर्शन गरेको छ।

जनकपुरको जनकचोकमा भएको प्रदर्शनको क्रममा नेपालका लागि चिनियाँ राजदूतविरूद्ध चर्को नाराबाजी गरिएको छ। अभियानका अभियन्ताहरुले चीन सरकार मुर्दाबाद, चिनियाँ हस्तक्षेप बन्द गर, सीमा अतिक्रमण बन्द गर, अघोषित नाकाबन्दी खुला गर र नेपाली विद्यार्थीहरुको पढाइ सूचारु गर लागयतका नारा लगाएका थिए।

सोही क्रममा उनीहरूले नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको पुतला दहनसमेत गरेका छन्। नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै अभियन्ताहरुले ‘गो ब्याक चाइना’ लगायतका प्ले कार्ड बोकेर प्रदर्शन गरे। राष्ट्रिय एकता अभियान धनुषाका जिल्ला संयोजक मनीष पुरबेको नेतृत्वमा प्रदर्शनसहित राजदूत यान्छीको पुतला दहन गरिएको हो ।