सुरक्षा

नेपाली सेनाले मनायो ३००औँ पृथ्वी जयन्ती

By खबरहब

January 11, 2022

काठमाडौँ– नेपाली सेनाले पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती विविध कार्यक्रम आयोजना गरी मनाएको छ । सैनिक हेडक्वाटर जंगी अड्डामा रहेको पृथ्वीनारायण शाहको शालिकमा श्रद्धाञ्जलि अर्पण गर्नुका साथै सेनाले सलामीसमेत दिएको थियो ।

गोरखाका तत्कालीन राजा पृथ्वीनारायण शाहले नेपालमा छरिएर रहेका बाइसे र चौबिसे राज्यहरुलाई नेपालमा गाभेर विशाल नेपालको निर्माण गरेका थिए । राष्ट्र निर्माताका रुपमा उनको जन्म दिनलाई राष्ट्रिय एकता दिवसका रुपमा पनि मनाइएको छ ।