फाइल फोटो

समाचार

पाँच मजदुरको शोकमा तुल्सीपुर बजार बन्द

By खबरहब

February 11, 2022

दाङ – पाँच जनाको ज्यान जाने गरी भएको आगलागीको घटनामा मृतकको शोकमा तुल्सीपुरमा एकदिन बजार बन्द गरिने भएको छ ।

उद्योग बाणिज्य संघको आग्रहमा मृत्यु भएका पाँच जना मजदुरको शोकमा तुल्सीपुर बजार बन्द गर्न लागिएको हो ।

दाङको तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ताचप्पल पसलको गोदाममा आगलागी हुँदा ५ जनाको ज्यान गएको थियो ।