राजनीति

एमालेको सिन्धुपाल्चोक अध्यक्षमा कमल नेपाल सर्वसम्मत

By खबरहब

February 11, 2022

सिन्धुपाल्चोक – नेकपा (एमाले) सिन्धुपाल्चोक जिल्ला अध्यक्षमा कमल नेपाल सर्वसम्मत चयन भएका छन् ।

नवौँ जिल्ला अधिवेशनको उद्घाटनसत्र सम्पन्न भएको एक महिनापछि उनी सर्वसम्मत अध्यक्ष चयन भएका हुन्।

जिल्ला कमिटीका उपाध्यक्षमा उमा प्रधान, सचिवमा रामचन्द्र बस्नेत तथा उपसचिवमा सुशीला पाख्रिन र चिरन तामाङ चयन भए ।

जिल्ला कमिटी सदस्य पनि सर्वसम्मत चयन गरिएको अध्यक्ष मण्डलका सदस्य सरेश नेपालले जानकारी दिएका छन्।

गत पुस २३ गते यहाँस्थित बाह्रबिसेमा नवौँ जिल्ला अधिवेशनको उद्घाटन भएको थियो । यसपछि विभिन्न कारण नेतृत्व चयन हुनसकेको थिएन । अध्यक्ष पदका लागि नेपालसहित केदार क्षेत्री, बालकृष्ण देउजा, होमनारायण श्रेष्ठ र डोल्मा तामाङले उम्मेदवारी दिएका थिए।