ज्याेतिष

ओच्छ्यानमा बसेर खानु हुन्छ ? तुरुन्तै छाड्नुहोस् यो बानी

By खबरहब

February 11, 2022

कतिपयले वास्तुशास्त्र मान्दैनन् । मान्नेहरुले पनि जानअन्जानमा यसको सबै नियमको पालना गर्दैनन् । यस्तोमा भुलवश हुने केही गल्तीले जीवनमा नै असर पारिरहेको हुन्छ ।

जानअन्जानमा मानिसबाट हुने वास्तुका केही गल्तीले मानिसको जीवनमा नकारात्मक असर पारिरहेको हुन्छ । कतिपयको जीवनमा आर्थिक समृद्धि, सफलता र प्रगति रोकिएको हुन्छ । यसमा वास्तुका नियमको उल्लङ्घन कारक हुन सक्छ ।

यी हुन् वास्तुशास्त्र अनुसार गर्न नहुने गल्ती :

– वास्तु शास्त्र अनुसार ओच्छ्यानमा बसेर खाना खानु हुँदैन । अन्यथा यसो गर्नेको स्वास्थ्यमा समस्या हुनसक्ने र आर्थिक अभाव भोग्नु पर्ने वास्तुको मान्यता छ । यस अलावा ओच्छ्यानमा बसेर खानेहरुले सफलता पाउन संर्घष गर्नुपर्ने वास्तुको मान्यता छ ।

– वास्तु अनुसार रातमा भान्सामा जूठा भाँडाकुडा छाड्नु हुँदैन । अन्यथा धनको हानि हुने वास्तुको मान्यता छ । त्यसैले सुत्नु अघि नै जूठा भाँडा सफा गर्नुपर्ने मान्यता छ । यसो गर्दा घरमा नकारात्मक ऊर्जा प्रवेश नगर्ने वास्तुको मान्यता छ ।

– वास्तु अनुसार रातमा बाथरूममा बाल्टी भरेर राख्नु हुँदैन । अन्यथा घरमा नकारात्मक ऊर्जाको वास हुने वास्तुको मान्यता छ । तर पानी भरेर भान्सामा बाल्टी राखे यसले आर्थिक स्थिति राम्रो हुने वास्तुको मान्यता छ ।

– वास्तु शास्त्र अनुसार सूर्यास्तपछि कसैलाई पनि दानका रूपमा दही, दूध र नुन दिनु हुँदैन । यसो गर्दा घरमा दरिद्रताको वास हुने र आर्थिक अभाव पनि भोग्नु पर्ने वास्तुको मान्यता छ ।

– घरको ईशान कोणमा पूजा घर बनाउन शुभ हुन्छ । यस अलावा ईशान कोणमा एउटा कलशमा पानी भरेर राखे जीवनमा खुसीयाली आउने वास्तुको मान्यता छ ।