रोचक/विचित्र संसार

टिकटकदेखि इन्ष्टासम्म भाइरल को हुन् यी दुई व्यक्ति

By खबरहब

February 11, 2022

यदि तपाई टिकटक र इन्ष्टाग्रामको नियमित प्रयोगकर्ता हो भने यो तस्बिर हेरेर पक्कै पनि यी व्यक्तिलाई चिन्नु भयो होला । अहिले उनका धेरै भिडियो टिकटकमा लोकप्रिय बनेका छन् । तर धेरैलाई उनी को हुन्, कुन देशका हुन् भन्ने जिज्ञासा हुनसक्छ ।

टिकटकदेखि इन्ष्टाग्रामसम्म भाइरल यी हुन् तन्जानियाका किली पल । उनी अहिले सामाजिक सञ्जालमा रमाइलो भिडियो बनाउँदै आएका छन् । उनी आफ्नी बहिनी नीमाका साथमा कैयौं भिडियो बनाएर टिकटक र इन्ष्टाग्राममा भिडियो पोष्ट गर्छन् । उनले प्राय सबै भाषाका गीतमा भिडियो बनाएका छन् । हालैमा उनले शिव परियारको नेपाली गीतमा समेत भिडियो बनाएका थिए ।

उनको टिकटकमा मात्र २० लाख भन्दा बढी फलोअर्स छन् । उनले बिबिसीमा बताए अनुसार उनलाई बलिउड गीत निकै मन पर्छन् । सुरुआतमा लुकेर भिडियो बनाउने उनी अहिले आफ्नी बहिनी निमासँग भिडियो बनाउने गरेका छन् ।