टिप्स

अध्ययनले भन्छ- यौन सम्पर्क गर्ने महिलाको स्मरण शक्ति बढ्छ

By खबरहब

February 11, 2022

यौन हरेक उमेर पुगेका प्राणीमा आउने स्वाभाविक चाहाना हो । अन्य प्राणीमा यौन सन्तान प्राप्तिको माध्यम मात्र हुनसक्छ । तर मानिसमा भने यौन, सन्तान प्राप्ति सँगै चाहाना र शारीरिक आवश्यकता पनि हो । तथापि महिलाहरू यस बारे खुलेर कुरा गर्न लजाउँछन् ।

प्राय महिला यौनका विषयमा कुरा गर्न सङ्कोच मान्दछन् । अझ कतिपय कामकाजी र घरायसी काममा व्यस्त हुने महिला त यौन इच्छा नहुने बताउँछन् । तर एक नयाँ अध्ययन अनुसार महिलाले धेरै यौन सम्पर्क गरे स्मरण शक्ति बढ्ने देखाएको छ ।

मान्ट्रियलको म्याकगिल विश्वविद्यालयले गरेको एक रिसर्च अनुसार यौन सम्पर्कले महिलालाई शब्द याद गर्ने क्षमता बढाउँछ । अध्ययनले एक स्वस्थ युवतीको स्मरण शक्तिलाई यौन सम्पर्कले राम्रो बनाउन सहयोग गर्छ भन्ने देखाएको छ । रिसर्च टिमले विश्वविद्यालयमा अध्ययनरत युवतीहरूमा यसको प्रयोग गरेको थियो । यसका साथै १८ देखि २९ वर्ष उमेर समूहका ७८ महिलालाई शब्द तथा अनुहारमा आधारित एक कम्प्युटर कार्यक्रममा सामेल गरिएको थियो ।

जर्नल आर्काइव्स अफ सेक्सुअल बिहेवियरमा छापिएको नतिजा अनुसार शब्दको याद गर्ने क्षमतामा अधिक यौन सम्पर्कको सकारात्मक असर देखिएको थियो ।