अन्तर्राष्ट्रिय

पेट्रोकेमिकल प्लान्टमा विस्फोट, चारको मृत्यु

By खबरहब

February 11, 2022

सोल–दक्षिण कोरियाको येओसु सहरमा रहेको एक पेट्रोकेमिकल प्लान्टमा विस्फोट हुँदा चार जनाको मृत्यु भएको छ । विष्फोटमा परी अन्य चारजना घाइते भएका छन् । मृत्यु हुनेमा त्यहाँ कार्यरत कामदार रहेका अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

येओचुन एनसीसी (वाईएनसीसी)मा रहेको प्लान्टमा सो विष्फोट भएको अधिकारीहरुले बताएका छन् । सफाइ गर्ने क्रममा प्लान्टमा रसायन चुहावट हुदाँ विष्फोट भएको बताइएको छ । यता सरकारले प्लान्टलाई उत्पादन गर्न रोक लगाउन आदेश दिएको छ ।

विष्फोटपछि उत्पादन स्थगित गर्ने वा प्लान्ट बन्द गर्ने निर्णय गर्ने भन्ने विषयमा छलफल हुने त्यहाँको श्रम मन्त्रालयले जनाएको छ ।

प्लान्टमा ज्वलनशील तरल पदार्थ हाइड्रोकार्बन मिश्रण नाफ्थालाई, रसायन, सिन्थेटिक रबर र प्लास्टिकको निर्माणमा प्रयोग हुने कच्चा पदार्थमा रूपान्तरण गर्ने गरिन्छ । प्लान्टले प्रति वर्ष ४ लाख ७ हजार इथिलीन उत्पादन गर्दै आइरहेको छ ।