समाचार

सर्लाहीमा लागूऔषध बरामद्

By खबरहब

February 11, 2022

सर्लाही– सर्लाहीको बरहथवामा ठूलो परिमाणमा लागूऔषध बरामद् भएको छ ।

शुक्रबार बरहथवा नगरपालिका–१७ श्रीपुर कटानीबाट १२ सय पिस नाइट्राभेट ट्याब्लेट बरामद् भएको सशस्त्र प्रहरी बल नेपाल १० नम्बर गण कविलासीले जनाएको हो ।

ना. ५५ प ९२८ नम्बरको मोटरसाइकलबाट लागूऔषध बरामद् भएको सशस्त्र प्रहरीका एसपी भरत खनियाँले जनकारी दिए ।

सशस्त्र प्रहरी सुरक्षा बेस सुन्दरपुर चोहर्वाको गस्ती टोलीलाई देख्ने बित्तिकै तस्कर लागूऔषध र मोटरसाइकल छाडेर भागेका थिए ।

बरामद लागूऔषध र मोटरसाइकल आवश्यक जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।