फाइल फोटो

अन्तर्राष्ट्रिय

लिथुआनियाबाट आयात हुने मासुसहित अन्य वस्तुमा चिनिया रोक

By खबरहब

February 11, 2022

बेइजिङ–चीनले लिथुआनियाबाट आयात हुने मासुलगायत अन्य वस्तुमा रोक लगाएको छ । लिथुआनियाबाट आयात हुँदै आएको माछा, गोरुको मासु, डेरीका उत्पादन तथा पेय पद्धार्थ (वियरमा) रोक लगाएको हो ।

लिथुआनिया ताइवानलाई औपचारिक रुपमा राजधानी भिल्नियसमा राजदुतवास खोल्न अनुमति दिएसँगै चीनले सो वस्तुलाई निलम्बन गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चीनको सामान्य भन्सार निर्यात प्रशासनले पूर्ण कागजातको अभावमा निलम्बन गरेको लिथुआनियाली एजेन्सीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

चीनले लिथुआनियाले निर्यात गर्ने गरेको गोरुको मासु, माछाका उत्पादनमा रोक लगाएको कारणबारे चीनले केही बताएको छैन । गत नोभेम्बरमा लिथुआनियाले राजधानी भिल्नियसमा ताइवानलाई राजदुतावास खोल्न दिने निर्णय गरेसँगै चीन रुष्ट बनेको थियो । गत वर्ष चीनले ७ सय ७५ सय टन मासु लिथुआनियाबाट आयात गरेको त्यहाँको तथ्यांकले देखाएको छ । जसमध्ये २३ लाख ६० हजार गोरुको मासु आयात गरिएको थियो ।