समाचार

थपिए १ हजार १२८ कोरोना संक्रमित, १४ को मृत्यु

By खबरहब

February 11, 2022

काठमाडौ‌– नेपालमा पछिल्लो २४ घण्टामा ११२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १७ हजार ४४७ जनाको पीसीआर परीक्षणमा६६६ र ३ हजार ५४२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४६२ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १४ कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २२१५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ९६ प्रतिशत रहेको छ ।