समाचार

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

By खबरहब

February 11, 2022

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै १८५ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण: ०–१० वर्ष – २२ ११–२० वर्ष –३९ २१–३० वर्ष – १८५ ३१–४० वर्ष – १२८ ४१–५० वर्ष – १०१ ५१–६० वर्ष – ६८ ६१–७० वर्ष –५५ ७१–८० वर्ष – ४१ ८० वर्षभन्दा माथि– २७ अज्ञात– ०