सांकेतिक तस्बिर

समाचार

२४२ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

By खबरहब

February 11, 2022

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४२ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर २०६ कोरोना संक्रमितको आईसीयूमा र ३६ को भेन्टिलेटरमा गरी कुल २४२ जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा २१ जना आईसीयूमा र ३ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी मधेस प्रदेश मा ५ जना आईसियूमा उपचाररत छन् भने बागमती प्रदेशमा १४४ जना आईसीयूमा र २७ जना भेन्टिलेटरमा उपचारत छन् ।

गण्डकी प्रदेशमा ६ जना आईसीयूमा उपचाररत छन् । त्यस्तै लुम्बिनी प्रदेशमा २१ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् ।

कर्णाली प्रदेशमा १ जना आईसीयूमा र सुदुरपश्चिममा ८ जना आईसीयूमा र ४ जना भेन्टिलेटरमा उपचाररत छन् ।