मुख्य समाचार

जनमत पार्टीको मागका विषयमा मन्त्रिपरिषदमा छलफल हुने

By खबरहब

February 11, 2022

काठमाडौँ– जनमत पार्टीका नेताहरूले गृहमन्त्री बालकृष्ण खाँणसँग भेट गरेका छन् । शुक्रबार भएको भेटमा जनमतका नेताहरूले ११ बुँदे माग सम्बोधनका लागि गृहमन्त्री खाँणसँग आग्रह गरेका हुन् ।

छलफलमा गृहमन्त्री खाँणले मागहरू सकारात्मक रहेको प्रतिक्रिया दिएको जनमतका महासचिव चन्दन सिंहले खबरहबलाई बताए ।

गृहमन्त्री खाँणले ११ बुँदे मागको विषयमा मन्त्रिपरिषद् बैठकमा समेत छलफल गर्ने आश्वासन दिएको पनि सिंहले बताए ।

साथै, किसानहरूका माग सम्बोधनका लागि उच्चस्तरीय समिति गठन विषयमा पनि खाँण सकारात्मक उनले जानकारी दिए ।

गृहमन्त्रीलाई भेट्न पार्टीका उपाध्यक्ष नरेन्द्र चौधरी पनि गएका थिए ।

जनमत पार्टीले किसानको माग सम्बोधन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने, समयमा मलखाद र बीउको व्यवस्थाको सुनिश्चितता गर्नुपर्ने, उखु किसानको बाँकी बक्यौता भुक्तानी गर्नुपर्ने, किसानमाथि दमन बन्द गरी झुटा मुद्दा खारेज गर्नुपर्नेलगायतका ११ बुँदे माग गृहमन्त्री खाँणलाई बुझाएको छ ।