फाइल फोटो

राजनीति

कांग्रेसले १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने

By खबरहब

February 11, 2022

काठमाडौँ– नेपाली कांग्रेसले अधिवेशन हुन बाँकी रहेका १६ जिल्लाको अधिवेशन मितिको टुंगो लगाएको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले अधिवेशन हुन बाँकी १६ जिल्लामा फागुन १३ गते अधिवेशन गर्नेगरी मिति टुंग्याइएको जानकारी दिएका छन् ।

उनले फागुन १० गतेभित्र अधिवेशन हुन बाँकी रहेका वडा र पालिका, प्रदेश निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन भइसक्नुपर्ने गरी मिति तोकिएको बताए ।

सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाममा अधिवेशन हुन बाँकी छ ।