क्रिकेट

ओमानबाट नेपाललाई १३६ रनको लक्ष्य

By खबरहब

February 11, 2022

काठमाडौँ– चार देशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलाअन्तर्गत पहिलो खेलमा घरेलु टोली ओमानले नेपाललाई १३६ रनको लक्ष्य दिएको छ ।

शुक्रबार भएको खेलमा टस हारेर ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३५ रन बनायो ।

ओमानका कप्तान जीसान मक्सूदले सर्वाधिक ४३ रन बनाए । उनले ४१ बलमा ४ चौका र एक छक्का हिर्काए । त्यस्तै मोहम्मद नदीमले ३१ रन जोड्दा जतिन्दर सिंहले १३ रनको योगदान गरे ।

यसअघि, ओमानको अल अमेरात मैदानमा टस जितेर फिल्डिङ गरेको नेपालका लागि अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए । ४ ओभर बलिङ गरेका अविनाशले २६ रन खर्चिएका थिए । यस्तै कमल सिंह ऐरी, आरिफ शेख र कप्तान सन्दीप लामिछानेले समान एक–एक विकेट लिए ।

ओमानविरुद्ध नेपालका सागर ढकाल, विवेक यादवले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन् । नेपालले दोस्रो खेलमा शनिबार संयुक्त अरब इमिरेट्स (यूएई) को सामना गर्नेछ ।