फाइल फोटो

खेलकुद

ए डिभिजन लिगः आर्मी र जावलाखेलबीचको खेल बराबरीमा सकियो

By खबरहब

February 11, 2022

काठमाडौँ– शहीद स्मारक ए डिभिजन फुटबलअन्तर्गत त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लबबीचको खेल बराबरीमा सकिएको छ ।

अन्तिम समयमा सुमन अर्यालले गरेको गोलसँगै त्रिभुवन आर्मी फुटबल क्लबले जावलाखेल युथ क्लबविरुद्ध हार टारेको हो ।

विदेशी खेलाडी ओनगुना जुनियरको गोलमा जावलाखेल आर्मीविरुद्ध जितनजिक रहेको थियो । तर, सुनमले जगजित श्रेष्ठको पासमा बक्सभित्रबाट उत्कृष्ट गोल गरेपछि खेल रोमाञ्चक बराबरीमा सकिएको हो ।

जावलाखेलका लागि ५३ औँ मिनेटमा आनगुनाले गोल गरे । उनले रूपबहादुर लामाको पासमा बक्सभित्रबाट सुन्दर गोल गरेका थिए ।

सुमनले ७ मिनेटको इन्जुरी समयमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

बराबरीसँगै आर्मी १८ अंकसहित तेस्रो स्थानमा यथावत् छ । जावलाखेल ९ अङ्कसहित ११ औँ स्थानमा छ ।