देश/प्रदेश

भालुको पित्तसहित टोखाबाट एक जना पक्राउ

By खबरहब

February 11, 2022

काठमाडौँ– प्रहरीले भालुको पित्तसहित टोखाबाट एकजनालाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोले लमजुङ दोर्दी गाँउपालिका-८ खिन्चोक बस्ने ३५ वर्षीय मनबहादुर सिलुवाल क्षेत्रीलाई बिहीबार टोखा नगरपालिका-९ आनन्द टोलबाट पक्राउ गरेको हो ।

प्रहरी उपरीक्षक (एसपी) श्यामकुमार महतोका अनुसार अवैध रुपमा भालुको पित्त ओसारपसार तथा बेचबिखन गर्न ल्याएको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गरिएको बताएका छन् ।

उनलाई कारबाहीका लागि शुक्रबार नै डिभिजन वन कार्यालय हात्तीसार पठाइएको छ ।