समाचार

स्वास्थ्यकर्मीलाई कोरोना भएपछि स्वास्थ्य चौकी सिल

By खबरहब

February 11, 2022

जुम्ला– जुम्लाको कनकासुन्दरी गाउँपालिकास्थित हाँडसिंजा स्वास्थ्य चौकी सिल गरिएको छ । त्यहा कार्यरत अहेब र कार्यालय सहयोगीलाई कोरोना संक्रमण देखिएपछि स्वास्थ्य चौकी सिल गरिएको हो ।

स्वास्थ्य चौकी इन्चार्ज वीरेन्द्र उपाध्यायका अनुसार शुक्रबारदेखि २ फागुनसम्म स्वास्थ्य चौकी ३ दिनका लागि बन्द गरिएको हो । उनले भने, ‘बर्थिङ सेन्टरबाहेक अरू सबै सेवा बन्द गरिएको छ ।’

कोरोना संक्रमणको तेस्रो लहरमा यो पालिकामा २५ जनालाई परीक्षण गर्दा १३ जनामा संक्रमण देखिएको छ । यसमध्ये अहिले ३ जना मात्रै सक्रिय संक्रमित रहेको इन्चार्ज उपाध्यायले बताए ।