समाचार

संस्कृतिविद् जोशीको स्वास्थ्य सुधारोन्मुख

By खबरहब

February 11, 2022

काठमाडौँ– संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ ।

स्वास्थ्यमा समस्या आएपछि माघ २५ गते किस्ट मेडिकल कलेजमा भर्ना भएका जोशीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको अस्पतालले जनाएको छ ।

पछिल्लो २४ घण्टादेखि अक्सिजनको आवश्यकता पनि घटेको र पिसाबमा देखिएको संक्रमणको उपचार भइरहेको पनि अस्पतालले जनाएको छ ।

जोशीलाई निमोनिया संक्रमण र मुटुमा समस्या भएको अस्पतालले जारी गरेको सूचनामा उल्लेख छ ।