फाइल तस्वीर

समाचार

नेपालबाट हङकङ हुने हवाई उडानमा अल्पकालीन प्रतिबन्ध

By खबरहब

February 11, 2022

काठमाडौँ– हङकङले नेपालबाट हुने हवाई उडानमा अल्पकालीन प्रतिबन्ध लगाएको छ ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै हङकङ सरकारले नेपालसहित ८ देशबाट आउने उडानमा ४ मार्चसम्म प्रतिबन्ध लगाएको हो ।

समाचार संस्था रोयटर्सका अनुसार नेपालसहित उडानमा प्रतिबन्ध लगाएका अन्य देशहरूमा संयुक्त राज्य अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा, फ्रान्स, भारत, पाकिस्तान र फिलिपिन्स छन् ।