फाइल तस्वीर

खेलकुद

भोलि गर्ने भनिएको एन्फाको साधारण सभा फागुन ८ गते सारियो

By खबरहब

February 11, 2022

काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा) को भोलिका लागि तय गरिएको साधारण सभा स्थगित भएको छ ।

एन्फा महासचिव इन्द्रमान तुलाधरले शुक्रबार विज्ञप्ति जारी गर्दै माघ २९ गते बिहान ९ बजे भर्चुअल रूपमा हुने भनिएको संघको साधारण सभा प्राविधिक कारणले स्थगित गरिएको जानकारी दिएका हुन् ।

रोकिएको साधारण सभा फागुन ८ गते बिहान साढे ११ बजे भर्अुअल रूपमा गर्ने एन्फाले जनाएको छ ।