समाचार

कुटपिट गरी हत्या गरेको आरोपमा अघोरी पक्राउ

By खबरहब

February 11, 2022

काठमाडौँ– काठमाडौँको दक्षिणकालीमा कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

दक्षिणकाली नगरपालिका–६ फर्पिङमा ४०–४५ वर्षका एक पुरुषलाई कुटपिट गरी हत्या गरेको आरोपमा ३५ वर्षीय शिव गिरी (अघोरी) पक्राउ परेका हुन् ।

बोल्न नसक्ने व्यक्तिलाई बिहीबार अघोरीले दाउराको चिर्पट र बाँसको टुक्राले टाउकोमा प्रहार गरी घाइते बनाइदिएका थिए ।

हालसम्म नाम र ठेगानासमेत खुल्न नसकेको उनको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो ।

अघोरीमाथि ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ ।