ज्याेतिष

गरिबी भगाउने धार्मिक उपाय

By खबरहब

March 11, 2022

धनी बन्न कसलाई मन नहोला । तर सबै धनी बन्न सक्दैनन् । यस्तोमा आफ्नो गरिबी निवारण गर्न अथक मेहनत, काम गर्नुपर्ने हुन्छ । यसका साथै केही धार्मिक उपाय समेत धनी बनाउन सहयोगी हुने मान्यता छ । यसकालागि निम्न उपाय गर्नुपर्ने धार्मिक मान्यता छ ।

– घरलाई सदैव सफा र स्वच्छ राख्नुहोस् । – दिनमा दुई पटक नुहाउनुहोस् । – हरेक बिहान र साँझ भगवान् विष्णु र माता लक्ष्मीको श्रद्धापूर्वक पूजा गर्ने । – भगवान्को पूजा गर्न कुनै विशेष विधि भन्दा आफू अनुकूलको पूजा गर्नुहोस् । – पूजापछि अनिवार्य आरती गर्नुहोस्, यसले पूजामा भएको कमी पुरा गर्दछ । – ॐ नमो भगवते वासुदेवाय नमः मन्त्रको प्रतिदिन तुलसी मालामा १०८ पटक जप गर्ने – जपपछि भगवान् विष्णु र माता लक्ष्मीसँग गरिबी निवारण गर्न प्राथाना गर्ने ।

धार्मिक मान्यता अनुसार प्रार्थनामा त्यो शक्ति हुन्छ जसले हरेक इच्छा पूर्ण गर्न सक्छ ।